न्युयोर्कमा दिलिप रायमाझी अभिनित चलचित्र ‘ कहीकतै ‘ प्रर्दशन हुँदै

प्रकाशित मिति:

न्युयोर्क – नेपाली समाजिक कथामा निर्माण भएको चलचित्र ‘ कहीकतै ‘ न्युयोर्कमा मे ५ तारिख गुलसान टेरेसमा प्रर्दशन हुने भएको छ । गत वर्ष रिलिज भएको यो चलचित्र सविर श्रेष्ठको निर्देशन उमा गिरि र दावा शेर्पाको निर्माणमा बनेको हो ।

नेपाल र सिक्किममा छायाङकन गरिएको यो चलचित्रमा कलाकारहरु दिलिप रायमाझीसंगै सिक्किमको मुख्य मन्त्रि पवन चम्लिङको छोरा विशाल चम्लिङ, किशोर खतिवडा, सोनाम बर्पुङपा, सिवानी गिरि, उमा गिरि, सृजना र दिपेन राईको अभिनय रहेको छ । न्युयोर्कपछि मेरिल्याण्ड र टेक्सासमा प्रर्दशन हुन लागेको यो चलचित्र प्रर्दशनबाट संकलित रकमको केही हिस्सा सिन्धुपाल्चोकको भुकम्प पिडितहरुको भवन निर्माणमा सहयोग गर्न लागेको निर्माता दावा शेर्पाले बताए । उनका अनुसार गत वर्ष नेपालभरिनै दुई हप्ता सफलताका यो चलचित्र प्रर्दशन भएको थियो ।