बेवारिसे बिरामी बृद्धाको उद्धार

प्रकाशित मिति:

रामेछाप / तीन दिन देखी बिरामी भई मन्थली स्थित तामाकोशी सहकारी अस्पतालको नजिक बेवारिसे अवस्थामा लडिरहेका एक बृद्धलाई मन्थली नगरपालिका–१ का वडा अध्यक्ष नारायणदास श्रेष्ठले उद्धार गरि उपचारको व्यवस्था गरेका छन् ।
अनुमानित ६० वर्ष नाघेका जस्ता देखिने ती बृद्धलाई श्रेष्ठले तामाकोशी सहकारीमा उपचार गराएर थप उपचारको लागि जिल्ला अस्पताल रामेछाप पठाएका छन् । बृद्ध आफ्नो नाम, ठेगाना र परिवारका सदस्यहरु केही बताउन नसक्ने अवस्थामा छन् ।
विरामी बृद्धलाई खानपिनमा लागेको खर्च र उपचारमा लागेको खर्च व्यक्तिगत रुपमा व्यहोरेर उनलाई थप उपचार र आफन्त पत्ता नलागेसम्म रेखदेख गर्नको लागि रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासँग सहकार्य गरि रामेछाप अस्पताल पठाइएको वडा अध्यक्ष श्रेष्ठले जानकारी बताए ।