बुटवल – अर्बपति एलन मस्कले टेस्ला इन्कको शेयरमा बिहीवार ११ प्रतिशतको गिरावट आएपछि १ अर्ब १० करोड डलर बराबरको सम्पत्ति गुमाएका छन् । शेयर यसरी ओरालो लाग्दा उनको कुल सम्पत्ति २२.३ अर्ब डलरमा झरेको छ । विद्युतीय कार निर्माता टेस्लाले पहिलो त्रैमासिकमा कीर्तिमान गिरावट आएको रिपोर्ट दिएको थियो । अघिल्लो वर्षको चौथो त्रैमासिकमा ९० हजार ९६६ वटा वाहन बेचेको टेस्लाले मार्च महिनामा सकिएको पहिलो चौमासिकमा ६३ हजार वाहन बेचेको थियो ।
मस्कको सम्पत्तिको करीब १० अर्ब डलर टेस्लाबाट प्राप्त भएको हो । उनले अन्तरिक्षयानको व्यापार गर्न खोलेको स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कोरले उनलाई १३ अर्ब डलर बराबरको सम्पत्ति दिएको छ । टेस्ला शेयर बजार बन्द हुँदा ८.२३ प्रतिशतले घटेको थियो र नास्डाक शेयर बजारमा ओरालो लाग्नेको नेतृत्व गरेको थियो – एजेन्सी












