सैनामैना प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज सुनगाभा च्याम्पस र सौरौंली स्टार क्लब बिजीय

प्रकाशित मिति:

सैनामैनामा -सैनामैनामा जारी सैनामैना प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज सुनगाभा च्याम्पस र सौरौंली स्टार क्लब बिजीय भएको छ । स्टर स्पोर्टस क्लबले सैनामैनाको लम्टियामा आयोजनामा जारी प्रतियोगितामा आर टि गु्रप झारबहिरालाई हराउँदै सुनगाभा च्याम्पस २६ रनले बिजयी भएको हो । मौषम खराब भएपछि पहिलो खेल ५ ओरमा झारिएको थियो । टस हारेर ब्याटिङ्गको निम्ता पाएको सुनगाभाले ५ ओभरमा ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

आरटी गु्रप झारबैराले ५ ओभर खेल्दै २७ रनमा समेटिएको थियो । सुनगाभाका सुसिल सापकोटा पहिलो खेलमा म्यान अफद म्याच घोषित भएको प्रतियोगिताका सिईयो कृष्ण भण्डारीले जानकारी दिए । यस्तै आजको दोश्रो खेलमा सौरौंली स्टार ६ विकेटले बिजयी भएको छ । द रिभाईबयिलन ले दिएको ८ विकेटको क्षतीमा १२४ रनको लक्ष्य दिएको थियो । सौंरीलीले १७.१ ओभरमा ६ विकेट गुमाउँदै १२९ रन ल्याउँदै लक्ष्य भेटाएको हो । सोरौंलीका विकाश बस्नेतले म्यान अफद म्याच र मष्ट सिक्सेको पुरस्कार पाएका छन । भोलीको पहिलो खेल दुधराक्ष वारियर्स र आरटि ग्रुप झारबाहिरा र दोश्रो खेल सैनामैना नाईटराईर्डस र द रिभाईबलियनका बिचमा हुने क्लबका अध्यक्ष खेमरा पोखरेलले जानकारी दिए ।