अमेरिकी गृह सुरक्षा सचिव निएल्सनद्वारा राजीनामा

प्रकाशित मिति:

वासिंग्टन डिसी- अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टजेन निएल्सनले राजीनामा दिएकी छिन्। राष्ट्रपति डेनाल्ड ट्रम्पके विवादास्पद सीमा नीतिको केही हदसम्म लागू गराउन ‍तत्परता देखाएकी निएल्सनले राजीनामा दिएकी हुन्। उनले राजीनामा सुरक्षा विभागमा रहेर काम गर्नु आफ्ना लागि जीवन भरको सम्मान भएको बताएकी छिन्। राष्ट्रपति ट्रम्पले एक ‍ट्विट गर्दै निएल्सनलाई अस्थायी रूपबाट पदस्थापन गरिएको बताएका थिए। ट्विटमा सीमा शुल्क र सीमा सुरक्षाका आयुक्त केविन मैकलेननले उनके स्थान लिनेसमेत उल्लेख गरेका छन्।

ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने र आप्रवासी परिवारलाई विभाजन गर्ने प्रस्ताव ल्याउनुमा निएल्सनको मुख्य भूमिका मानिन्छ। उनले राजीनामा पत्रमा राजीनामा दिनुको कारण भने उल्लेख गरेकी छैनन्। ‘मेरा लगि आफ्ने पदबाट हट्नु यो उत्तम समय हो’, उनले राजीनामा उल्लेख गरेकी छिन्, ‘म यस विभागमा सामेल हुनुभन्दा अहिले अमेरिकाको सुरक्षा अवस्था सुदृढ बनेको छ।’

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाक्षेत्रको भ्रमण गरको केही दिनपछि नै निएल्सनले पदबाट राजीनामा दिएकी छिन्। ट्रम्प हाल मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी दिनबाट भने केही पछि हटेको देखिन्छ। उनले मेक्सिकोबाट अमेरिकातर्फ हुने आप्रवासी र लागुपदार्थको तस्करीलाई नियन्त्रण गर्न एक वर्षको समय दिने प्रतिबद्धता जनाएका थिए।