सैनामैना -नेपाली कांग्रेस सैनामैना नगर समितिले तेश्रो नगरसभा गर्ने भएको छ । चैत्र २७ गते बुधबार सैनामैना ८ मा रहेको सतचिन्तन भवनमा हुने तेश्रो नगरभाको तयारीको लागि नगर कोषाध्यक्ष राधिका बलालको संयोजगत्वमा ५ सदस्यीय समिति समिति गठन गरिएको छ ।
गठित समितिमा निर्मला गौतम, कृष्ण प्रसाद कडेल, किरण पोखरेल, गिता अधिकारी सदस्यमा रहेका छन ।नेपाली कांग्रेस सैनामैना नगर समितिले ११ वटै वडामा भेला सम्पन्न गरेरे नगर भेला गर्न लागेको हो ।प्रतिनिधिसभा सार्वजनिकि लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका नेता भरत कुमार शाहको प्रमुख आतिथ्यतामा तेश्रो नगर सभाको आयोजना गरिएको नगर सभापति रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै जिल्ला सभापति अब्दुल रज्जाक, प्रदेशसभाका सदस्य फखरुद्धिन खाँ सहित २२ नेताले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा करिब १५ सय बढिले कार्यक्रममा सहभागिता जनाउँने आयोजकले बताएको छ ।सोमबार पार्टी कार्यालय कलौनीमा बसेको नगर समिति बैठकले कांग्रेसका भातृ , सुभेच्छु संघका सभापति, प्रेस युनियका पत्रकारलाई नगर सभामा सम्मापन गर्ने निर्णय गरिएको नगर सचिब टेक बहादुर रेग्मीले जानकारी दिनुभयो । नगरसभामा पार्टी प्रवेश कार्यक्रम पनि रहेको नगर सदस्य अर्जुन पौडेलले जानकारी दिनुभयो । बैंठकमा नगरसभापति गुरु प्रसाद पराजुली, सह–सचिब यदुनाथ ज्ञवाली , निर्मला गौतम , सल्लाहाकार कृष्ण प्रसाद सहित नगर सदस्यको उपस्थिती रहेको थियो ।












