कौरव खत्री ,बाग्लुङ्ग बाग्लुङ्गकोे गलकोट नगरपालिका ७ मल्मका वडा सचिव महेन्द्र पौडेललाई एक कार्यक्रमको बिच विदाई गरिएको छ । २०७२ असोज देखि साविक मल्म गाविसको सचिवमा रहेर हालको गलकोट नगरपालिका वडा नं ७ का वडा सचिवको रुपमा कार्यरत पौडेल नेपाल सरकारको कर्मचारी समायोजन अन्तर्गत गोरखा जिल्लामा सरुवा भएका हुन ।
शुक्रवार वडा कार्यालयमा आयोजित विदाई कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दल बहादुर थापा, गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, वडा सदस्य पद्मा नेपाली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश, नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटि अध्यक्ष ललित मरासिनी, नेपाली कॉग्रेसका वडा सभापति चिरञ्जीवी मरासिनी, राष्ट्रिय जनमोर्चाका वडा कमिटी अध्यक्ष दल बहादुर थापालेविदाई मन्तव्य राखेका थिए ।
वडा सचिव पौडेल कर्तव्य निष्ट र कुशल क्षमतावान राष्ट्र सेवकको रुपमा साविकको मल्म गाविसको विकास र समृद्विमा निरन्तर भुमिका खेल्दै आएका थिए । विदाई कार्यक्रममा गलकोट नगरपालिका ७ र ९ को वडा कार्यालय, विभिन्न राजनैतिक दल, सामाजिक संस्था घुम्टे युवा परिवार र विभिन्न समाजसेवी व्यक्तिहरुले वडा सचिव महेन्द्र पौडेललाई फूलमाला, अविर, दोसल्ला, मायाको चिनोद्वारा सामुहिक रुपमा विदाई गरेका हुन । विदाई कार्यक्रममा बोल्दै वडा सचिव महेन्द्र पौडेलले मल्ममा रहॅदा सदैव कर्तव्य निष्ठ राष्ट्र सेवकको रुपमा भुमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद दिदै आफु विदाई भएपनि वडाको समृद्वि र विकासमा सहयात्री बन्न पछि नहटने पौडेलले बताए । निकै भावुक बनेका पौडेल तठस्थता, ईमान्दारिता र जनताप्रति सदैव उत्तरदायी रहॅदै आएका छन् । विदाई कार्यक्रम गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षता, कार्यालय सहायक ज्योति थापाको स्वागत मन्तव्य र गलकोट नगरपालिका वडा नं ९ का वडा सचिव आनन्द प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।












