दुखद खबर, तिनाउ खोलाले लियो फेरी एकजनाको ज्यान

प्रकाशित मिति:

बुटवल-तिनाउ नदीमा डुबेर एक जना किशोरको ज्यान गएको छ ।बुटवलका १६ बर्षीय सिद्धार्थ शाक्यको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्न गएका उनको डुबेर मृत्यु भएको हो ।

उनी बुटवलको चांदबारीमा बस्दै आएका थिए । ९ जनाको समूह घुम्न निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माबिबाट भर्खरै एसईई दिएका थिए ।उनको खोलामा डुबेर ज्यान गएको दोभान प्रहरी प्रहरी निरिक्षक एक बहादुर नेपालीले बताए । ‘साथीहरुसँग घुम्न गएका रहेछन्, फोटो खिच्न खोलामा पुगेको बेला पानीको भुमरीमा परेपछि साथीहरुले निकाल्न नसक्दा उनको ज्यान गएको  दोभान प्रहरी पाल्पाले जनाएको छ