पूर्वमन्त्री भण्डारीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

प्रकाशित मिति:

तनहु -नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीद्वारा नयाँ वर्ष २०७६ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ।

पूर्वमन्त्री भण्डारीले आज शुभकामना सन्देश जारी गरी “नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान, र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामाअग्रसर गराओस् भन्ने कामना व्यक्त गरेका छन्।नयाँ वर्षले आम नेपाली जनताले अहिलेसम्म गरेका सङ्घर्षको परिणामस्वरुप प्राप्त संविधानको सफल कार्यान्वयन गर्ने दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित गर्ने जिम्मेवारी हामी सबैलाई दिएको नेता भण्डारीको र भनाइ छ । दुइ तिहाइ सरकार जनताप्रति जिम्मेवार र समृद्ध राष्ट्र बनाउन लाग्न पनि आग्रह गर्नुभएको छ।