भूपू सैनिक कपको उपाधि आयोजकलाई

प्रकाशित मिति:

बुटवल, १ बैसाख । बुटवल बेलबासको सालघारीमा सञ्चालित तेस्रो भूपू सैनिक कप नकआउट फूटबल प्रतियोगिताको उपाधि आयोजक भूपू सैनिक जबई स्पोर्टिङ क्लबले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा फूलबारी गाइज बुटवललाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयसम्म दुबै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा भूपू सैनिक जबई स्पोर्टिङ क्लबका आशा गुरुङ,अजित गुरुङ,जय गुरुङ र दिपेश आलेको प्रहार सफल भएको थियो भने फूलबारीका तर्फबाट क्षितिजराज जीटी र आशिष गुरुङको प्रहार मात्रै सफल भएको थियो ।

यसअघि खेलको पहिलो हाफको ५ औं मिनेटमा फूलबारीका सबि गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ९ औं मिनेटमा आयोजकका जय गुरुङले गोल फर्काएर खेललाई बराबरीमा पु¥याएका थिए । प्रतियोगिताको विजेता आयोजक भूपू सैनिक जबईले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेता फूलबारी गाइजले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्राप्त गगरेका छन् । उनीहरुलाई प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ,आयोजक क्लबका अध्यक्ष गोपीराम पुन लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।