काठमाडौमा असीना पानी

प्रकाशित मिति:

काठमाडौं – सोमबार अपराह्न काठमाडौंमा मेघगर्जनसहित असिनापानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो देशका पूर्वी, मध्यलगायत पश्चिमी पहाडी भागमा मौसम सफा रहने बताएको थियो। महाशाखाले आज राति पनि देशको पूर्वी तथा मध्य पहाडी भेगमा सामान्य बदली हुने सम्भावना रहेको बताएको छ। बाँकी भागमा मौसम सफा हुने महाशाखाले जनाएको छ। त्यस्तै देशका पूर्वी र मध्य पहाडी भू–भागका केही स्थान र पश्चिमि पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।