बुटवल, ३ बैसाख । सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले नेकपा महासचिव विष्णु पौडेलल बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनेर ठगिएको दावी गरेका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार मणिग्राममा गरेको पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले महासचिव विष्णु पौडेल नक्कली जग्गा किनेर ठगिएको दोहोयाए ।
‘उहांले तेस्रो व्यक्तिबाट जग्गा किन्नु भएको रहेछ,नक्कली जग्गा किन्दा ठगिनु भयो’– सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले भने । महासचिव पौडेल ठगिनुभएकाले सरकारले क्षतिपुर्ति दिने नभई उहाले जोसंग जग्गा किन्नुभएको उसैले क्षतिपुर्ति दिनुपर्ने मन्त्री बास्कोटाले बताए । प्रवक्ता बास्कोटाले उक्त जग्गा प्रकरणमा अरु पनि ठगिएको हुनसक्ने भन्दै ठग्नेहरुलाई पानी मुनि गएपनि नछाड्ने दावी गरे । ‘पद,ओहोदा,विचारले छानवीन र कारवाहीलाई प्रभावित गर्दैन’–मन्त्री बास्कोटाले भने । सरकारले तथ्यमा आधारित आलोचनालाई स्वागत गर्ने पनि उनले बताए । देशले निर्माणको बाटो पक्रिसकेको र समृद्धि सिंगो देशको वहसको विषय बनेको दावी गर्दै मन्त्री बास्कोटाले आलोचनाका बीच पनि सरकारले लडाई जितेको बताए । अन्तारष्ट्रिय मामिलामा समेत नेपालको प्रेस विभाजित हुनु दुर्भाग्य भएको भन्दै उनले विश्वमा कतैपनि यस्तो नहुने दावी गरे । लगानी सम्मेलनका विषयमा पनि नेपालको प्रेस विभाजित भएको उल्लेख गर्दै उनले अन्तरिक मामिलामा जति विभाजित भएपनि अन्तारष्ट्रिय मामिलामा एकजुट बन्न आग्रह गरे ।












