गोरखामा भूकम्पको धक्का महसुस
मंगलबार १२ बजेर ३५ मिनेट जाँदा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४।५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ
गोरखा – गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार १२ बजेर ३५ मिनेट जाँदा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४।५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ। सोमबार मात्रै बझाङ र शनिबार रसुवामा पनि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का गरिएको थियो।












