सुरेश परियार,रुपन्देहीको तिलोत्तमाबाट अवैध लागुऔषध सहीत एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा वडा न.१८ बस्ने वर्ष १९का अर्जुन सुनार रहेकोे ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिनुभयो ।
पक्राउ पर्ने सुनारको साथबाट टु एमएल् सेरिजैरिक एक सय सेट,नुफिन एक सय,फेनारागन एक सय र एम्पुलस एक सय थान बरामद गरिएको बुटवल प्रहरीले जनाएको छ ।यस्तै ८ वर्र्षीय नावालिकालाई जर्वजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।यहि बैशाख १ गते विहान ८वजेको समयमा बुटवल उपमहानगरपालिका वडा न.५बस्ने ८ वर्षीय नावालिकालाई जर्वजस्ती करणी गर्ने बुटवल वडा न.७ बस्ने वर्ष २०का दिपेन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्ने मगरलाई म्याद थप गरि अनुसन्धान सुरु गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।












