एकाबिहानै पाल्पामा बम विस्फोट

प्रकाशित मिति:

पाल्पा – पाल्पामा सुतली बम पड्किएको छ । जिल्लाको को रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ ।

भर्खरै भएको बम विस्फोटपछि प्रहरीको टोली त्यसतर्फ लागेको पत्रकार  सुनील कार्कीले जानकारी दिनुभयो । बम विप्लव समूहको नेकपाकाले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे थप विवरण भने आउन बाँकी छ ।