गाडी रोकेर १४ यात्रुको हत्या

प्रकाशित मिति:

कराची – पाकिस्तानको बलूचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारी समूहले १४ जना यात्रुको हत्या गरेको छ । सैन्य पोशाक लगाएको बन्दुकधारी समूहले राजमार्गमा गुड्दै गरेको बस रोकेर उनीहरुको गोली हानी हत्या गरेको हो ।

१५ देखि २० जनाको समूहमा रहेका बन्दुकधारीले ती यात्रुहरुलाई जबरजस्ती बसबाट बाहिर निकालेको बताइएको छ । कराची–ग्वादर रुटमा चल्ने बसलाई ओरमारा क्षेत्रको मकरान तटीय राजमार्गमा रोकेर बन्दुकधारी समूहले यात्रुहरुको परिचयपत्र जाँच गरेको थियो ।
हत्याको कारण, हत्यामा संलग्न समूह र पीडितहरुके पहिचान हुन सकेको छैन । अफगानिस्तान र ईरानको सीमासँग जोडिएको ब्लूचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र गरिब प्रान्त हो – नवभारत टाइम्सबाट