चापाकोटमा दोस्रो मेयर कप ‘२०७६’ आजबाट शुरु

प्रकाशित मिति:

स्याङ्जा, चापाकोट स् स्याङ्जाको चापाकोट नगरपालिकामा दोस्रो मेयर कप ‘२०७६’ आज बुधबारबाट शुरु भएको छ । चापाकोट नगरपालिका वडा नं ८ को दामाचौरमा दोस्रो मेयर कप पुरुष भलिबल, महिला भलिबल र खुल्ला व्याडमिन्टन खेल शुरु भएको हो ।

चापाकोट खेलकुद विकास समितिको आयोजना र चापाकोट नगरपालिकाको व्यवस्थापनमा दोस्रो मेयर कपको उद्दघाटन चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरिले गर्नुभएको थियो।पुरुष भलिवलतर्फ १० वडाको १० टिमले सहभागिता जनाएका छन् भने महिला भलिवल तर्फ ७ टिमले मात्र सहभागीता जनाएका छन् र खुल्ला व्याडमिन्टन प्रतियोगितामा १२ जनाले सहभागिता जनाएका छन् ।चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा समितिका सदस्य शिव श्रेष्ठले स्वागत मन्तव्य र संचालन सचिव प्रेम रेग्मीले गर्नुभएको थियो ।

वडा स्तरीय पुरुष तथा महिला भलिबल खेलमा प्रथम, दोस्रो, तेस्रो र सान्तोना हुनेले क्रमश ५१, ३१, २१ र ११ हजार तथा व्याडमिन्टन खेलमा प्रथम, दोस्रो र तेस्रो हुने क्रमश २०, १२ र ८ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो । प्रतियोगिता बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।