अर्घाखाँची, ६ वैशाख ।
लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक महिनाको पहिलो शुक्रबार नियमित रुपमा गरिने कार्यक्रम अन्तर्गतको प्रथम शृङ्खलामा जिल्लास्थित कवि लेखकहरूको उपस्थिती रहेको थियो । रचना वाचन कार्यक्रममा कुलचन्द्र मरासिनी, हिम जिसी लेकाली, विष्णुप्रसाद आचार्य, कमल पोख्रेल, बुद्धिराम गैरे (अर्घाली ),पवन बन्जाडे ,खेमराज आचार्य, भेषबहादुर केसी, हरिप्रसाद भुसाल, जेबी दर्लामी, पुष्करनाथ आचार्य, सीता बन्जाडे,टामलाल पाण्डे , पुष्पा गैरे, मेलिनासिंह ठकुरी, शालिकबाबु पोख्रेल, भिम कौशल, प्रविण पौडेल लगायत कविहरूले आआफ्ना रचना सुनाएका थिए । कार्यक्रममा कविता, गजल, मुक्तक, हाईकू, गीत, क्यारिकेचरलगायतका सिर्जना प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अर्घाखाँचीका कवि तिर्थराज आचार्यले देवघाटबाट टेलिफोनमा रचना वाचन गरी सुनाएका थिए । रचना वाचन कार्यक्रमलाई रेडियो अर्घाखाँची र नयाँ एफएमले प्रत्यक्ष प्रसारण गरेका थिए ।
कार्यक्रम सन्चारकर्मी गोपालप्रसाद भट्टराईको सन्चालन र लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता सम्पन्न भएको थियो । आगामी रचना वाचन जेठको ३ गते हुने प्रतिष्ठानले जनाएको छ ।












