वालिङ नगरपालिकालाई क्यास लेस गराउन नेपाल क्लियरीङ हाउससंग सम्झौता

प्रकाशित मिति:

स्याङजा-स्याङजाको वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाडले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपाल क्लियरिङ हाउसले वालिङ नगरपालिकालाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सञ्चालन प्रणाली उपलब्ध गराउनेछ । यसबाट सेवाग्राहीको रकम स्थानान्तरण, बिल भुक्तानी, सामाजिक सुरक्षा भत्ता, तलब भुक्तानी लगाएतको सेवाा सञ्चालनमा सहयोग पुग्ने छ ।वालिङ नगरपालिकाले नगरलाई क्यास लेस गराउन नेपाल क्लियरीङ हाउससंग सम्झौता गरेको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाडले बताउनु भयो ।

नगरपालिकाको सेवा लागु भएर प्रभावकारी भए संगै नगरभित्र अन्य क्षेत्रमा पनि यो सेवा विस्तार गर्ने नगर प्रमुख खाडले जानकारी दिनुभयो ।नेपाल सरकारको लागु गरेको यो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सम्झौता गर्ने स्थानिय तहमा वालिङ नगरपालिका पहिलो हो ।यो सम्झौता लागु गरिसकेपछि वालिङ नगरपालिकाले यो प्रणाली मार्फत सेवा ग्राहीलाई दिने रकम क्यास वा चेकको सट्टामा सिधै वैङ्क खातामा जम्मा गर्न सक्ने नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले जानकारी दिनु भयो ।सेवाग्राहीले नगरपालिका बाट लिने जति पनि सेवा सुविधाहरु छन तिनीहरुको राजस्व भुक्तानि यहि प्रणालि मार्फत सिधै नगरपालिकाको खातामा जम्मा गर्न सक्ने छ ।