एनआरएन अमेरीकाको महिला संयोजकमा दिक्षा बस्नेतको उम्मेदवारी दर्ता

प्रकाशित मिति:

अमेरिका -गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद ( NRNA NCC USA)अमेरिकाको आगामी कार्यकाल ९२०१९(२०२१० को लागि महिला संयोजकमा क्यालिफोर्निया निवासी दिक्षा बस्नेतले उम्मेदवारी दर्ता गरेकी छिन ।

क्यालिफोर्निया सान फ्रान्सिस्को बे एरिया बस्दै आएकी सामाजिक ब्यक्तित्व दिक्षा बस्नेतको उम्मेदवारीमा युवा ब्यवसायी रबि सिंह बस्नेत प्रस्ताबक र परिचित ब्यक्तित्व प्रज्ञा न्यौपानेको समर्थन रहेको छ । हाल एनआरएन अमेरीका क्यालिफोर्निया च्याप्टरमा महिला संयोजक रहेकी बस्नेत पत्रकारितामा समेत उत्तिकै अब्बल छिन् । साहित्यिक संस्था अन्तराष्टिय साहित्य समाज क्यालिफोर्नियाको सचिव रहेकी महिला संयोजककी उम्मेदवार दिक्षा बस्नेत नेपाल अमेरीका पत्रकार संघ नेजाको साधारण सदस्य पनि हुन् ।

सामाजिक संस्था र मातृभुमी नेपालसंग जोडिएको एकमात्र बैधानिक संस्था एनआरएन अमेरीकाको अधिकांस कार्यक्रममा सहभागिता जनाएर संस्थालाई नजिकबाट बुभ्mदै आएकी बस्नेतले योजना, कार्यान्वयन र बिद्यमान समस्या चिर्न आफु निरन्तर लागिरहने प्रतिवद्धता जनाएकी छिन् ।लेखन कलामा समेत रुची राख्ने बस्नेतले संस्थागत रुपमा महिला सहभागिता बृद्धि गर्दै स्वास्थ्य, शिक्षा एबं नेपालका दुर्गम क्षेत्रमा सक्दो सहयोग गर्ने लगायतका योजनासहित महिला संयोजकमा उम्मेदवारी दिएको सगर्व बताइन । मुलतः आधा आकाश ओगटेको महिलाका क्षेत्रमा उदाहरणिय कार्य गर्ने सोचका साथ अभि बढेको बताउने दिक्षाले निर्वाचनमा सबैको माया, सहयोग र समर्थनको अपेक्षा गरेकी छिन् ।