विस्कन्सिन /अमेरिका – विस्कन्सिन राज्यका सफल ब्यबसायी बुद्धि सुबेदीले गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको आगामी (२०१९-२०२१) कार्यकालका लागि मिडवेष्ट उपाध्यक्ष पदमा आफ्नो उम्मेद्ववारी दर्ता गरेका छन्।
सुबेदीको उम्मेद्बवारीमा लाल प्रसाद काफ्ले प्रस्तावक र भुमा सुवेदी समर्थक रहेको छ । अप्रिल १८ मा उम्मेद्बारी दर्ता गरेका सुबेदीले एनआरएन अमेरिकालाई आगामी दिनमा गतिशिल र सबै नेपालीको साझा संस्थाका रुपमा बिस्तारित गर्ने योजना बुनेका छन ! नेपालको चितवन स्थायी घर भएका सुबेदी बिगत लामो समयदेखि सामाजिक संघ संस्था, सेवामुलक क्षेत्रमा संलग्न रहेर नेपाली समुदायको हकहितका लागि काम गर्दै आएका ब्यक्तित्व हुन । आफ्नो अनुभव र दक्षतालाई सर्बोपरी संस्थामार्फत योगदान दिन हौसिएका मिडवेष्ट उपाध्यक्षका उम्मेद्बवार बुद्धि सुबेदीले सचेत भइ सम्पूर्ण मतदातालाई हाम्रो भन्दापनि सक्षम र राम्रो उम्मेद्बवारलाई मतदान गर्न बिशेष अपिल गरेका छन । – रुपान्तरण मिडिया












