न्यूज २४ टेलिभिजन दसौं वर्षमा प्रवेश, नेपाल टेलिभिजनमा प्रश्न सोध्ने क्रममा मन्त्रीले हटाएका राजु थापा पनि न्युज २४ मा आवद्ध !
न्यूज–२४ टेलिभिजनले प्रसारण यात्राको ९ वर्ष पूरा गरेको छ । राष्ट्र, राष्ट्रियता र जनजिविकाका सवालसहित आम नागरिकका आवाजलाई प्राथमिकता दिँदै आएको यस टेलिभिजनले छिटो अवधिकै नागरिकको विश्वास बटुलेको छ । दसौं वर्ष प्रवेशको अबसरमा टेलिभिजनले प्रसारण परिस्कृत गर्दै ‘नागरिक पत्रकारिता’लाई प्राथमिकता दिने जनाएको छ ।
पृथक पहिचानका कारण दर्शकको असीम विश्वासका साथ दशकारम्भ सुरु भएको खुसी बाँडिरहँदा हामी ति सबैलाई स्मरण गर्न चाहान्छौं, जसले प्रसारणको श्रीगाणेशदेखि परिस्कृत गर्दै हाम्रो यात्रालाई लाखौं दर्शकको सर्वप्रिय बनाइदिए । र, ति सबैको सहयोगप्रति कृतज्ञ छौं जसले हामीलाई निरन्तर साथ, सहयोग र समर्थन गरिरहे ।नेपाल ब्रोडकास्टिङ च्यानल प्रालिको छाना मूनी २०६७ वैशाख ८ गते प्रशारणमा आएको न्यूज–२४ टेलिभिजनले राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवालमा आफूलाई दर्शकको सर्वप्रिय सञ्चार माध्यम प्रमाणित गरेको छ । आवाज विहीनका आवाजको माध्यम मात्र होइन हामीले हर क्षेत्रका विकृति–विसंगति प्रति तीब्र प्रहार गरेका छौं । जसले राज्य, सरकार र नागरिकलाई समेत सचेत गराउने भूमिका खेलेको छ भन्ने हामीले ठानेका छौं ।
समाजका हर क्षेत्र, वर्ग र समूदायका आवाज, राष्ट्रिय जीवनका हर घटना एवं विचारोत्तेजक बहस यस टेलिभिजनका आयाम हुन् । जसका कारण प्रत्यक्ष दर्शक मात्रै होइन, सामाजिक सञ्जाल एवं सञ्चारका विविध आयाममा यो टेलिभिजन सव्रप्रिय छ । तीस लाख बढी फेसबुक लाइक्स र दस लाख बढी यू–ट्युब सस्क्राइबर्स हाम्रो लोकप्रियताका कसी हो । जुन कुनै पनि नेपाली टेलिभिजनसँग छैन ।
सिधा कुरा जनतासँग, पावर न्यूज, ६ प्रश्न, इस्यू अफ द डेजस्ता कार्यक्रमले नागरिकका समस्यासँगै हर क्षेत्रका घटना–परिघटना, विकृति–विसंगति उजागर गरिरहेका छन् । यसबाहेक विषयगत कार्यक्रम विशेषले आ–आफ्ना क्षेत्रका खास सन्दर्भ र विचार आम दर्शकको बीच ल्याएका छन् ।विश्वसनी, निष्पक्ष र नागरिक आवाज हाम्रा प्राथमिकता हुन् । जसलाई ‘नागरिक पत्रकारिता’का रुपमा परिस्कृत गर्ने प्रण दोहो¥याउन चाहान्छौं । हामी सबै आवाजका प्रतिनिधि हौं, जसको निर्देश दर्शकबाट हुने छ । दसैं वर्ष प्रवेशको यो अबसरका परिस्कृत र परिमार्जन हुने प्रतिवद्धताका साथ समादरणीय दर्शक, व्यससायीक समझेदार एवं शुभेच्छुकमा आभार व्यक्त गर्दछौं ।












