युवा ज्योतिष शिवराज सम्मानित

प्रकाशित मिति:

काठमाडौँ । पर्यटकीय सुन्दर नगरी पोखरामा अनाथ तथा बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन,सेभ द नेसनको आयोजनामा गरिएको कार्यक्रमको अवसरमा आचार्य शिवराज रेग्मी, र आचार्य लक्षमण पन्थी सम्मानित भएका छन् ।

रेग्मी र पन्थीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सेभ द चिल्ड्र्रेन , सेभ द नेसनद्धारा अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ आयोजना गरिएको म्यूजिक च्यारिटी कार्यक्रम २०१९ मा महानायक राजेश हमालको हातबाट सम्मान गरिएको हो ।सो अवसरमा सम्मानित भएका रेग्मी र पन्थीले यस अगाडी पनि अनाथ र असहायको क्षेत्रमा सहयोगको हात बढाइरहेको विषयमा जनानकारी दिइएको थियो । रेग्मी पछिल्लो समयका चर्चित ज्योतिषी पनि हुन् । उनले ज्योतिष पेशाको माध्यमबाट देशभर छरिएर रहेका ज्योतिषीहरुलाई एकतृत गर्दै रोजगारीको अवसर समेत सृजना गरेका छन् । उनको पहलमा अहिले देशभरबाट ७० जना ज्योतिषीले रोजगारी पाइरहेका छन् ।

कार्यक्रममा गायक शिव परियार, प्रकाश सपुत, मेलिना राई, लोकदोहोरी गायक चोलेन्द्र पौडेल, नेपाल आइडलबाट चिनिएकी पोखराकी गायिका निलिमा थापामगर,सन्तोष सुवेदी,सन्तोष बस्याल लगायतले साँगीतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा विभिन्न कलकारहरुको सांगितीक प्रस्तुतीमा नायक राजेश हमालको नृत्यले कार्यक्रमको माहोल अझ रोमाञ्चक बनाएको थियो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रम अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागी आयोजना गरिएको कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिए ।सो अवसरमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संविधानमा नै बाल अधिकारको हक अधिकार सुनिस्चित गरिएको बताए । उनले अगाडी भने ‘संविधानमा नै बालबालिकाको अधिकार सुनिस्चित गरिएको छ । संविधानमै सुनिस्चित अधिकार पूर्णरुपमा लागु हुन नसकी रहेको अवस्थामा यस्ता खालका कार्यक्रमले सघाउ पुर्याउने महसुस गरेको छु ।’ उनले संस्थाले अनाथ, असाहाय तथा व्यवसारिस अवस्थाका बालबालिकाको क्षेत्रमा संस्थालाई पनि सहयोगका हात बढाउन आब्हान गरे ।