महिला हेन्डबल:त्रिभुवन आर्मी र एपिएफ फाइनलमा

प्रकाशित मिति:

काठमाडौँ -आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा सोमबार सेमीफाईनलका खेल सकिएका छन् । विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफ विजयी हुँदै फाईनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा नेपाली सेनाले प्रदेश १ लाई ३८–१७ को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै फाईनलमा प्रवेश गयो । त्यस्तै विहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई सशस्त्र प्रहरीको विभागिय टिम एपिएफले गण्डकी प्रदेशलाई २२–४ गोल अन्तरले पाखा लगाउदै फाईनलमा प्रवेश गरेको हो ।हेन्डबलका बरिष्ठ प्रशिक्षक हिमाल दाहालका अनुसार, मंगलबार दिउँसो तेस्रो स्थानको लागि गण्डकी प्रदेश र प्रदेश १ भिड्ने छन् भने फाईनल खेलमा आर्मी र एपिएफ भिड्ने छन् । यसैबीच हेण्डबल संघका अध्यक्ष गुरुङ्गले हेण्डबलको फानल खेल हेर्नको लागि सबै खेल प्रेमीलाई नेपालगञ्ज रंगशाला परिशरमा मंगलबार साँझ उपस्थितिको लागि आग्रह गरेका छन् ।