प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने घिमिरेलाई तत्काल रिहागर्न नेविसंघको माग

प्रकाशित मिति:

बैशाख, ९ सोमवार, बुटवल – बुटवलमा शनिवार जीतगढी उत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउदा पक्राउ परेका अर्धाखाँचीका रुद्र प्रसाद घिमिरेलाई तत्काल बिनासर्त रिहा गर्न नेविसंघ वुटवलवहुमुखी क्याम्पस ईकाई समितीले माग गरेको छ ।
नेविसंघले आज इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी डिलबहादुर मल्ललाई ध्यानाकर्षण पत्र वुझाउदै घिमिरेको पक्राउप्रति आपत्ति जनाउदै तत्काल बिना सर्त रिहा नगरीए त्यसबाट उत्पन्न हुने जस्तो सुकै परिमाणको जिम्मेवार सरकार हुने चेतावनी समेत दिएको छ ।

बिज्ञप्तिमा भनिएको छ “लोकतन्त्रमा शान्तिपूर्ण रुपमा विरोधस्वरुप कालो झण्डा देखाउन पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने हाम्रो संगठनले बुझेको छ । प्रधानमन्त्री ओलीले विकासका नाममा समाजमा राजनीतिकरण गरेको हामीले बुझेका छौं । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु पर्ने नागरिकको नैसर्गिक अधिकारलको कदर गर्दै गत संसदीय चुनावमा रुपन्देही २ बाट स्वतन्त्र उम्मेदवार बनेका अर्घाखाँची घर भएका घिमिरे लाई स सम्मान रिहाईको माग गर्दछांै ”ं ।

ध्यानाकर्षण पत्र वुझाउदै नेविसंघ वुटवलवहुमुखी क्याम्पस ईकाई समितीका सभापति दिनेश पौडेल, नेविसंघकी पुर्व केन्द्रीय सदस्य जमुना ढकाल, केन्द्रीय सदस्य टंक पाण्डे, पुर्व जिल्ला उपसभापति अजय रावल र भरत पुरीले छीटो र विनासर्त रीहाई नगरे रुपन्देही वन्दसमेत गर्ने चेतावनी दिएका छन ।  यसैबिच प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने घिमिरेलाई प्रहरीले मुद्दा चलाएईएको छ । घिमिरेलाई अभद्र व्यवहारमा म्याद थप गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी डिलबहादुर मल्लले जानकारी दिए ।