वर्तमान सरकार बिधिको शासन बिरुद्ध चलिरह्यो : कांग्रेस नेता राजु थापा

प्रकाशित मिति:

खगेन्द्र भण्डारी , स्याङ्जा  -उत्कृष्ट जेसिस शाखाको रूपमा रहेको स्याङ्जाको वालिङ जेशिसले एक कार्यक्रमका बीच नयाँ बर्षको शुभकामना आदानप्रदान सहित भित्तेपात्रो बिमोचन सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि  नेपाली काङ्ग्रेस महासमिति सदस्य राजु थापाले वर्तमान सरकार बिधि बिधान र पद्धति बिरुद्ध चलिरहेको कारण देशमा हत्या हिंसा बलात्कारका घटना बढिरहेको भन्दै जेशिसले सरकारलाई समेत पद्धति सिकाउन आवस्यक रहेको बताउनुभयो । साथै उहाँले सिर्जनात्मक र रचनात्मक कार्य गरि सामाजिक रुपान्तरणमा वालिङ जेशिस ले उदाहरणिय कार्य गरिरहेको कुरामा समेत जोड दिनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले युवाहरूले संचालन गरेको जेशिस र यसका कार्यले नगरपालिकाले संचालन गर्ने कार्य सफलताको लागि सहयोग पुगेको बताउदै वालिङ नगरपालिकाले जेशिसलाई सहयोग गर्ने कुरामा समेत प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा क्यालेन्डर प्रकाशन समिति संयोजक सुर्य रानाभाट लगाएतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।  जिल्लामा उत्कृष्ट कार्य गर्दै आइरहेको वालिङ जेशिसले जिल्लाका सबै तहमा भित्तेपात्रोको माध्यम वाट जिशिस सिद्धान्त पुर्‍याउन लागेको शाखा अध्यक्ष राजु तिवारिले जानकारी दिनुभयो । नेपाल जेशिस मार्च 2019 को उत्कृष्ट शाखा अध्यक्ष एवम् वालिङ जेशिसका अध्यक्ष राजु तिवारीको अध्यक्षतामा एवम् वालिङ जेशिसका निवर्तमान अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मण को स्वागत सङ्गै सुरु भएको कार्यक्रमको संचालन महासचिव ध्रुव पङ्गेनिले गर्नुभएको थियो।