नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ। निमोनिया भएपछि ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका नेता ताम्राकारको मंगलबार दिउँसो ३ बजे निधन भएको हो । ताम्राकारको स्वास्थ्य स्थिती गंभिर भएपछि चैत अन्तिम साता आईसीयुमा भर्ना गरिएको थियो। ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सरसँग लडिरहेका थिए। ताम्राकार बिस. २०४८ र ५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए। यसैबीच, नेता ताम्राकारकाे निधनकाे खबर सुने लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि लगायतका नेता तथा कार्यकर्ताहरू अहिले अल्का अस्पताल पुगेका छन् ।












