धावनमार्ग अस्थायी मर्मत गरेपछि उडान र अवतरण नियमित

प्रकाशित मिति:

काठमाडौं – त्रिभुवन विमास्थलको धावनमार्ग अस्थायी रुपमा मर्मत गरेपछि उडान र अवतरण नियमित भएको छ ।

चिरा परेको ठाउँमा अस्थायी रुपमा मर्मत गरिएको विमानस्थल कार्यालयले जनाएको छ । शुक्रबार बिहान उडान र अवतरण भैरहेको बेला धावनमार्गमा चिरा परेको देखिएलगत्तै दुईपटक उडान र अवतरण बन्द गरिएको थियो ।

त्रिभुवन विमास्थलको धावनमार्ग पटकपटक बिग्रने गर्दा उडान र अवतरण प्रभावित हुँदै आएको छ ।

थप समाचार