गुल्मी-गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै थला परेको छ । मुसिकोट नगरपालिका ४ रहेको दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको महामारी फैलिएको हो ।झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकोमा शुक्रबारसम्म उक्त संख्या बढेर १०४ पुगेको जिल्ला स्वस्थ्य गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले बताए । ४ जनाको अबस्था गम्भीर रहेको छ
बिरामी परेकाहरु मध्ये ३ जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको बुटवल स्थीत गौतम बुद्ध र अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भैरहेको छ । सोमबार ४ जनाबाट फैलिएको झाडा पखला महामारीको रुपमा फैलिएको हो ।वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन् । गाउँको पाँच किलोमिटर टाढाको टंकीमार्फत ८५ घरपरिवारलाई वितरण गरिदै आएको पानी अचानक दूषित बनेका कारण गत त्यहाँका स्थानीयहरुमा सामान्य रुपमा झाडापखालाको लक्षण देखिएको थियो ।
स्थानीयहरुले पानी उमालेर खाँदा पनि समस्या समाधान नभएपछि उक्त गाउँमा शुक्रबारदेखि ट्यांकरमा पानी बोकेर खानेपानी वितरण गर्न थालिएको छ ।बिरामी पर्नेहरुमा चार वर्षदेखि ८० वर्ष उमेरसम्मका व्यक्तिहरु रहेका छन् । झाडापखालाको प्रकोप देखिएको उक्त ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीहरुको उपचार गरी पुनः डाक्टरसहितको टोली जान लागेको भट्टराइले बताए ।उनका अनुसार झाडापखला फैलिएको स्थानको पिउने पानी ल्याब टेस्टको लागि ल्याइएको छ ।










