अर्घाखाँची / नेपाल तरुण दल जिल्ला कार्य समिती अर्घाखाँची ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ । आइतबार जिल्ला अध्यक्ष नारायण खड्का सहित जिल्ला प्रसासन पुगेको तरुणदल को टोलिले सरकारले दुई तिहाई को दम्भ देखाउदै कालो बजारी महँगी बढाउन प्रोत्साहन गरेको अन्याय भ्रष्टाचार मुल्य वृद्धि तथा बर्तमान सरकार को कार्यसैलि सरकारको गतिविधि प्रति आपत्ति जनाउँदै तरुण दल अर्घाखाँचीले त्यस्ता गलत कार्य नगर्न चेतावनी दिदै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्र बुझाउन नेपाली काङ्ग्रेस का युवा नेता बिद्यार्थी युवा फाट ईन्चार्ज पिताम्बर खनाल लगाएत प्रसाशन कार्यालयमा पुगेका थिए ।













