पछिल्लो समय प्रबिधिको बिकाशसँगै कम्तीमा यसको प्रयोगमा चर्को प्रतिस्पर्धा छ । अथवा भनौं कसैले प्रयोग गर्ने सामाग्री प्रति कमैको चासो हुन्छ, भै हाले पनि त्यो सबैको सहज पहुँचमा छ । त्यसको लेखाजोखा कसले राख्नु तर अहिलेको तीन दशक अघि सम्म भने अहिले हामीले सामान्य संझने टेलिभिजनको खरिद पनि दर्ता र नविकरण गर्ने चलन थियो । साहित्यकार बनमाली निराकारले आफ्नो त्यस्तै अनुभव सेयर गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् “२०४४सालमा मैले १४ इन्चीको सलोरा कम्पनीको black& white टेलिभिजन किनेको थिएँ । त्यतिबेला तानसेनमा मुश्कीलले सात आठ घरमा मात्र टेलिभिज़न थियो । १९८७को क्रिकेट को World Cup हेर्ने जुनूनले टेलिभिजन किनाएको थियो !
गज्जबको कुरा के भने त्यति बेला टेलिभिजन कर कार्यालयमा दर्ता गर्नु पर्थ्यो । र कर वापत वार्षिक रु १०० तिर्नु पर्थ्यो । आज पुराना काग़ज़ पत्र केलाउँदा त्यतिबेला टेलिभिजन दर्ता गराएको प्रमाणपत्र फेला पर्यो । अहिले त्यो कुरा अचम्मको लाग्न सक्छ त्यसैले शेयर गर्न मन लाग्यो ! यस्तो प्रमाणपत्र तपाईँसँग पनि छ कि ? ”














