देवदहमा पार्क सम्मेलन ,कोलिय सभ्यता झल्काउने राष्ट्रिय कला कार्यशालाको प्रस्ताव

प्रकाशित मिति:

देवदह- देवदहमा आईतवार एक फरक खालको कार्यक्रम भयो  :देवदह पार्क सम्मेलन २०७६ । देवदहमा अहिले पार्क,वनवाटीका बनाउने लहर चलेको छ । करिब ११ वटा पार्क समितीहरु मध्ये ७ वटा समितीहरुको उपस्थिती रहेको कार्यक्रममा बौद्ध दर्शनमा स्नातकोत्तर गरेका प्रदेस सभासद डा कृष्ण न्यौपाने प्रमुख अतिथि र देवदह नगरका नगर प्रमुख हिरा केसी तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ द्धय यम थापा र गोविन्द चौधरी बिशिष्ट वक्ता थिए । पार्क सम्मेलनमा देवदहमा पार्कहरुलाई बिशिष्टकृत गर्ने सुझाव राख्दै कोलियसभ्यता निर्माण गर्ने अवधारणा पत्र राखेका थिए ड्रिम देवदह युनिटी फर चेन्जका अभियन्ता सिद्धिचरण भटराईले ।

कला कार्यशाला अवधारणामा केछ ?
देवदह भगवान गौतम बुद्धको मावली, ससुरालीस्थल दुवै हो । देवदहवासीहरु मदरल्याण्ड अफ लर्ड बुद्ध भने आफनो पहिचान बनाउन चाहन्छन । यो प्राचिन कोलिय राज्यको राजधानिको रुपमा बौद्ध साहित्यमा पढन पाईने थलोको नाम हो देवदह । यो थलो नेपालको पर्यटनका १०० गन्तव्यहरु मध्ये एक रहेको छ । तर देवदहमा पर्यटकहरु आएर कतिवेर अडिन्छन ? भनेर प्रश्न गर्न हो देवदहमा यसको तथ्यांक भने व्यवस्थित छैन । देवदहमा मुस्किलले घुम्न आउने र हेर्ने ठाउँ भनेको अलौकिक ठानिदै आएको पाकरीबृक्ष हो । त्यो भन्दा अरु मनमोहक ठाउँ देवदहमा बनेका छैनन । प्राकृतिक पुरातात्विक खण्डहर भने जताततै छन ।

यो ठाउँमा प्राचिन कोलिय गणराज्यको सभ्यता झल्काउने पार्कहरु निर्माण गरी देवदहमा पर्यटकहरु आउँदा भगवान गौतम बुद्धको मावली पुगेको महसुस र अनुभुति हुनु पर्ने किसिमले पार्क बन्नु पर्ने तर्क गर्दै अवधारणाकार भटराईले त्यसका लागि देवदहमा कोलिय सभ्यता राष्ट्रिय कला कार्यशाला आयोजना गर्ने प्रस्ताव गरेका छन । आगामी बर्ष करिब एक महिने अभियानका रुपमा कार्यशाला सहितको महोत्सव चलाउनु पर्ने उनको तर्क छ जसमा करिब ४० जना राष्ट्रिय मुर्तिकार, काष्ठकला कर्मि, चित्रकारहरु देवदहमा बसेर देवदहकै प्रस्तर,काष्ठहरुमा आधारित कला रचना गरी देवदहकै सम्पतिको रुपमा छाडने छन । ति कलाकृतिहरुलाई देवदहका पार्कहरुका स्थापित गरिनेछ । त्यसमा सहभागिता राख्ने पार्कहरुले आफुलाई कोलियसभ्यतामा आधारित बिशिष्टतामा पहिचान छनौट र योजन ागर्नुपर्ने हुन्छ । बनेका कलानिधीहरुको संरक्षण र प्रदर्शन गर्ने दायित्व पार्क समितीहरुको हुन्छ ।

कोलिय सभ्यताका थिमहरु, सूचनाहरु, मिथकहरु बौद्ध साहित्यहरुबाट लिइनेछ र त्यसका लागि बौद्ध बिश्वबिद्यालयका प्राज्ञिक व्यक्तित्वहरु रहेको एक समिती बनाइनेछ । उक्त समितीका सल्लाहा र थिमहरुका आधारमा कलाकारहरुले रेखाचित्र बनाउनेछन । त्यो रेखाचित्रका आधारमा करिब एकमहिने मुर्तिकला निर्माण, काष्ठकला र चित्रकला निर्माणको भव्य कार्यशाला आयोजना गरिनेछ । यो समयमा भिजिट देवदह अभियान पनि चलाउने कविता र निबन्ध लेखनका साथै देवदहका साईटहरु भिजिटका लागि आन्तरिक पर्यटकरुका आमन्त्रण गर्ने अभियानहरु चलाईनेछ ।

कार्यक्रममा सहभागिहरुले आआफनो पार्कको योजनाको डिपिआर र इस्टमेट परियोजना पनि पेश गरेका थिए । तर देवदहका पार्कहरुमा कलात्मक बिषयबस्तु छुटेको निष्कर्ष निकाल्दै यस्तो कार्यक्रमले पार्कहरुका कलाकारित थपिएर पार्कहरुको आकर्षण बढाउने कुरा देवदह नगरका नगरप्रमुख हिरा केसीले जोड दिनु भयो ।  सम्मेलनका प्रमुख अतिथि प्रदेश सभासद डा कृष्ण न्यौपानेले देवदहमा पार्कहरु बिशिष्टता झल्किन जरुरी भएको र सबैले देवदह भनेपछि बुद्धका मुर्तिमात्र राख्ने होइन । मायाँदेवी, प्रजापति र यशोधरा, सुप्रबुद्ध, अन्जन र दण्डपानी राजाका सालिकहरु रहेको बनाउनु जरुरी भएको बताउनु भयो । नेपाल ललिलतकला प्रतिष्ठानका प्राज्ञहरु यम बहादुर थापा र गोबिन्द चौधरीले कलास्मारकहरु निर्माण गर्दाको अनुभव सुनाउँदै देवदहमा राष्ट्रिय कला कार्यशाला आयोजन ागर्न प्रतिष्ठान तयार रहेको बताउनु भएको थियो । सम्मेलनले देवदहमा पार्कहरुका विचमा समन्वय र सहकार्यको सञ्जाल आवश्यक रहेको, पार्कहरुका बिशेषता अलग अलग बनाउने र डुप्लीकेशन नगर्ने कुरामा ध्यान दिने समझदारी बनाएका छन । कार्यक्रममा ड्रिम देवदहका अभियन्ताहरु टंक पोखरेल, लक्ष्मण न्यौपाने, दिपेश बस्याल लगायतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।