वैशाख । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्याली आयोजना गरेको छ । मे ३ मा मनाइने दिवसको सन्दर्भ पारेर काठमाडौको बबरमहलदेखि शुरु भएको र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले अझै पनि पत्रकारहरुले श्रम अनुसारको ज्याला पाउन नसकेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा पुनर्संरचना नभएको भन्दै तीनै तहमा प्रेस स्वतन्त्रामैत्री सञ्चार कानुन बनाउन, स्वरोजगार मूलक साना लगानीका सञ्चार माध्यमको विकास गर्न, दुर्गम क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमको विकास र प्रर्वद्धनका लागि सबै सरोकारवालासंग हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनुभयो ।












