मेचीनगर गोल्डकपमा पुलिस फाइनलमा पुग्र्यो

प्रकाशित मिति:

काठमाडौ । नेपाल पुलिस क्लब, झापामा जारी चौथो मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काँकडभिट्टास्थित स्थानीय विद्यालयको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा संकटालाई टाईब्रकेरमा ४–३ ले पाखा लगाउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुबैतर्फबाट १–१ गोल भएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । पुलिसको जितमा अजित भण्डारी, भरत शाह, तिर्थ बहादुर राना र हरि कठायतले गोल गर्दा सुमन लामाको प्रहार विफल भयो । रोमन लिम्बु र लक्ष्मण रुचालको प्रहार विफल भएपछि संकटा उपाधि होडबाट बाहिरिएको हो । दोस्रो सेमिफाइनलमा भोलि रुस्लान थ्रीस्टारले विभागीय त्रिभुवन आर्मीको सामना गर्नेछ । गोल्डकपको उपाधि बिजेताले १० र उपबिजेता टोलीले ५ लाख रुपैयाँ हात पार्नेछन् ।