काठमाडौँ -स्टुपिड मन ऐश्वर्य क्याप्टेन फिल्म निर्देशन गरिसकेका युवा निर्देशक दीवाकर भट्टराई विशेषगरि लभस्टोरी फिल्म बनाउन सिपालु मानिन्छन् । उनले निर्देशन गरेका लभस्टोरी फिल्मलाई दर्शकले राम्रै रुचाएका छन् । गएको फागुनमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म क्याप्टेन पछि उनी अहिले एक लभस्टोरी फिल्मको तयारीमा जुटेका छन् ।
चाँडै अभिनेत्री दीपिका प्रसाइँसँग लगनगाँठो कस्न लागेका निर्देशक भट्टराई दशैंपछि फिल्मको छायांकन सुरु गर्ने सोचमा छन् । उनको आफ्नै कथामा बन्ने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको जानकारी प्राप्त छ । फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री दीपिका प्रसाइँको जोडी बाँधिने प्रवल सम्भावना छ । आर्यनसँग उनको मौखिम सहमती भइसकेको स्रोत बताउँछ । दीपिका त घरकै हिरोइन भइहालिन् । दीपिका र दीवाकरको कागजी विवाह भइसकेको छ । आउँदो मंसिरसम्ममा उनीहरु परम्परागत रुपमा विवाह गर्दैछन् । फिल्म ऐश्वर्यु को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । यो फिल्मको छायांकन सकिए लगत्तै दुईले कागजी विवाह गरेका थिए । अहिले दीपिका फिल्म ुहेल्लो जिन्दगीु को छायांकनका लागि लण्डनमा छिन् ।
निर्देशक दीवाकरले आफ्नो नयाँ प्रोजेक्टमा आर्यन र दीपिकाको जोडी बाँधिन लागेको विषयमा फिल्मीखबरसँग कुराकानी गर्दै भनेआर्यन जीसँग कुरा मात्र भएको हो । फाइनल भएको छैन । धेरै पहिला मैले उहाँ आर्यन लाई सोचेर एउटा कन्सेप्ट बनाएको थिए । उहाँलाई त्यो कन्सेप्ट सुनाएको मात्र हुँ । स्क्रिप्ट फाइनल भएपछि मात्र उहाँ हुनेरनहुने टुंगो लाग्छ ।
दीवाकरले विवाहभन्दा अगाडि नयाँ फिल्म गर्ने सोचमा नभएको पनि स्पष्ट पारेका छन् । अहिले म स्क्रिप्ट राईटरहरुसँग सल्लाह गरिरहेको छु । मसँग फिल्मको कन्सेप्ट मात्र छ । त्यसलाई पटकथामा ढाल्न अझै केही समय लाग्छ । विवाहभन्दा अगाडि फिल्म बन्दैन । विवाहको २र३ महिनापछि चाहिँ सुरु हुन सक्छु, उनले भने । उनले फिल्ममा दीपिका हुने पनि फाइनल नभएको बताए ।













