बुटवलमा टिप्परले ठक्कर दिदाँ एकको मृत्‍यु , एक घाइते !

प्रकाशित मिति:

बुटवल – बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बुटवलउपमहानगरपालिका वडा न १२ तामनगर बस्ने बर्ष १९ की पुष्पा भण्डारी भएको प्रहरीले जनाएको छ ।  बुटवल बाट पश्चिम तर्फ जादै गरेको लु ४५ प ७२३४ नंम्वरको मोटर साईकलमा सवार भण्डारीलाई बुटवल बाटै पश्चिम तर्फ जादै गरेको टिप्परले ठक्कर दिएको जनाईएको छ ।

वुवा घनश्याम भण्डारीसंग मोटरसाईकलको पछाडी गएको अवस्थामा उनिहरुलाई पछाडीबाट टिप्परले ठक्कर दिएको थियो । उनिहरु कलेजबाट घर फर्किदै थिए .
टिप्परको ठक्करबाट छोरी पुष्पाको घटनास्थलमै ज्यान गएको र बावु घनश्याम सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।  प्रहरीले ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नंम्वरको टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ