यसपटक संसदको मञ्चमा अटाएनन् उपराष्ट्रपति

प्रकाशित मिति:

काठमाडौं – गत वर्ष संसदमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्ने संघीय संसदको संयुक्त बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई संसदको मञ्चमा बसेका थिए । यसपटक उनलाई दर्शकदीर्घाको अगाडि संसदको ‘बाल्कोनी’मा बस्ने व्यवस्था मिलाइएको छ ।

गणतन्त्र स्थापनापछि राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्दा तत्कालीन उपराष्ट्रपतिलाई पनि बाल्कोनीमा राखिएको थियो । गत वर्ष संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गर्ने क्रममा उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रपति र सभामुखको आशनसँगै राखिएको थियो ।

यसपटक भने उनी संसदको बाल्कोनीमा बसेका छन् । गत वर्ष उपराष्ट्रपतिलाई राष्ट्रपतिसरह संसदमा राखिएको विषयमा बहस भएको थियो । यसबारे बुझ्न खोज्दा संसदका एक अधिकारीले ‘सभामुखको विशेषाधिकार’ भएको बताए ।