आइतवार डलासमा नेजा–एनआरएनए अमेरिका बहस

प्रकाशित मिति:

टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निवार्चनलाई लक्ष्ँित गरी संचालन गरिरहेको नेजा–एनआरएनए अमेरिका बहसको तेस्रो श्रृखंला टेक्ससको डलासमा आउ“दो आइतवार मे ५ मा हुने भएको छ । त्यस कार्यक्रममा सहभागि हुन गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनका विभिन्न पदका उम्मेद्वाहरु टेक्ससको डलास आउने क्रम समेत सुरु भएको छ । नेपालीको बाक्लो बसोबास रहेको अमेरिकाको शहरहरु मध्येको एक शहर डलासमा नेपाल अमेरिका पत्रकार संघले आफ्नो १३ औं साधारणसभाको अवसरको समय पारेर नेजा– एनआरएनए अमेरिका बहस गर्न लागेको हो । एनआरएनए अमेरिकाको निर्वाचनमा उठेका उम्मेद्वारहरुका धारणा मतदाता नेपाली सम्म पु¥याउन र मतदाता नेपालीले एनआरएनए अमेरिकामा उठेका उम्मेद्वारहरुलाई प्रश्न राख्न पाउने स्थलको रुपमा नेजाले पुलको काम गर्दै नेजा–एनआरएनए अमेरिका वहस कार्यक्रम गर्दै आएको छ ।

बहसको पहिलो श्रृखंला भर्जिनिया राज्यको मनासस शहरमा र दोस्रो श्रृखंला क्यालिफोर्नियाको लस एन्जल्समा सम्पन्न भैसकेको छ । नेजाको साधारणसभा तथा एनआरएनए अमेरिकाको आसन्न निवार्चनको लागि मतदानको मिति समेत नजिक रहेको समयमा वहसको तेस्रो श्रृखंला टेक्ससको डलासमा हुन लागेकाले त्यसमा एनआरएनए अमेरिकाको निवार्चनमा विभिन्न पदका आकांक्ष्ँीहरुको बाक्लो उपस्थिति रहने वहस कार्यक्रममा संयोजक तथा नेजाका पश्चिम क्ष्ँेत्रका क्षेत्रीय संयोजक गोकुल ढकालले बताउनुभयो । वहस कार्यक्रममा एनआरएनए अमेरिकाको अध्यक्ष्ँका तीन जना उम्मेद्वार सुनील साह, संजय थापा र सूर्य(साल) लम्साल लगायत विभिन्न पदका उम्मेद्वारहरु आउनुहुने ढकालले जानकारी दिनुभयो । स्थानीय नेपाली समाज टेक्ससको सभाहलमा (नेपाली मन्दिर)मे ५ मा दिउ“सो १ देखि ४ बजेसम्म वहस कार्यक्रम संचालन गरिने र त्यसको लागि तयारी समेत पुरा भैसकेको नेजाका उपाध्यक्ष विकास राज न्यौपानेले बताउनुभयो । कार्यक्रममा सहभागि हुन आउनुहुने उम्मेद्वारहरुको सहजताका लागि आवश्यक प्रबन्ध मिलाइएको बताउदैं नेजाका मध्य क्ष्ँेत्रका क्षेत्रीय संयोजक रामचन्द्र भट्टले आउनुहुने उम्मेद्वारहरुलाई मे ३ अगावैं सम्पर्क राख्न समेत अनुरोध गर्नुभएको छ । सुरज भण्डारी सचिव नेपाल अमेरिका पत्रकार संघ (नेजा)