अनन्या भन्छिन्, ‘टाइगरसँग मेरो बेस्ट चुम्बन’

प्रकाशित मिति:

एजेन्सी –बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डे आउँदो शुक्रवारबाट संसारभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘स्टूडेन्ट अफ दि ईयर २’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । उमेरले २० वर्षकी अनन्याले फिल्ममा अभिनेता टाइगर श्राफसँग चुम्बन सिन दिएकी छन् । उनी यसलाई आफ्नो बेस्ट चुम्बन बताउँछन् ।

अनन्या हालै को एक्टर्स टाइगर र तारा सुतारियासँग रेडियो शोमा फिल्म प्रमोट गर्न पुगेकी थिइन् । जब होस्टले टाइगरलाई सोधे तपाईं किसमा बेस्ट हुनुहुन्छ रुु कन्फ्यूज्ड टाइगरले जवाफमा भने म केमा बेस्ट छु रु मलाई नै थाहा छैन । किस गर्न म बेस्ट छु वा छैन रु थाहा छैन । उनको जवाफ नसकिँदै अनन्याले आफ्नो किस राम्रो रहेको बताइन् ।
उनले भनिन्, मलाई लाग्छ कि, म किसमा बेस्ट छु । यो म दाबीका साथ भन्छु । जब होस्टले उनीसँग टाइगर श्राफलाई चुम्बन गर्दाको अनुभव सोधे तब उनले निर्धक्क भनिन्, यो पहिलो पहिलो चुम्बन थियो । यसभन्दा अगाडि मैले कसैलाई चुम्बन गरेको थिइनँ, त्यसैले मलाई यसको अनुभव थिएन । टाइगरसँग मेरो चुम्बन भने सबैभन्दा राम्रो थियो ।

‘स्टूडेन्ट अफ दि ईयर २’ लाई पुनीत मल्होत्राले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेत्री आलिया भट्टले हुक अप गीतमा स्पेशल अपियरेन्स दिएकी छन् । उनी यो फिल्मको पहिलो पार्टमा लिड अभिनेत्री थिइन्, जसबाट उनले डेब्यू गरेकी थिइन् । २०१२ मा रिलिज भएको फिल्मलाई करन जौहरले निर्देशन गरेका थिए ।