सबल नेपाल मिडिया प्रा.लीले वृदाआश्रममा मनायो ७ औं वार्षिक उत्सब ।

प्रकाशित मिति:

बुटवल – सबल नेपाल मीडिया प्रा लि स्थापनाको ८ औं बर्षमा प्रबेश गरेको छ । मोफसलाई केन्द्र बिन्दु बनाएर सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आईरहेको सबल नेपाल साप्ताहिकले ८ औँ वार्षिक उत्सब भैरहवामा रहेको श्री सत्य शाही वृदाआश्रममा मनाएको हो ।  दिनदुखीहरुको सेवामा समर्पित सवल नेपाल मिडीया प्रा ली बिगतका बर्ष देखी नै सामाजिक कार्यमा अग्रसर रहेको छ । यस बर्षपनी सबल नेपाल मिडीया प्रा ली द्धरा सन्चालीत सबल नेपाल साप्ताहीकले भैरहवाका करीब २० जना वृद्दा आमाबुवाको बिचमा आफ्नो वार्षिक उत्सब मनाएको छ । मीडियाले थोरैधेरै आर्थिक रकम खाद्यान्न सामाग्री सहयोग गरेको सबल नेपाल साप्ताहिकका प्रधान सम्पादक एबम सबल नेपाल मिडीया प्रा लीका अध्यक्ष अमृत पाण्डेले बताउनुभयो ।

उहांले सबल नेपाल सदैब दिनदुखी हरुको सेवा संगै समाजिक कार्यमा अग्रसर रहिरहने र एउटा छुट्टै पहिचान बनाएर संचार जगतमा होमिने समेत बताउनुभयो । साथै उहांले ८ बर्षको समय सम्म सदैब साथ एबम हौसला प्रदान गर्ने विज्ञापन दाता शुभेच्छुक , सहकर्मी , पत्रकार मित्र एबम समस्त देश विदेशमा रहनु भएका नेपाली पाठक बर्गमा बिशेष आभार समेत ब्यक्त गर्नुभयो ।  मोफसललाई केन्द्र वनाएर सन्चालनमा रहेको सबल नेपाल साप्ताहिक संगै सबल नेपाल मीडिया प्रालिले देश विदेशमा रहनु भएका नेपाली दाजुभाईहरुलाई लक्षीत गरेर सन्चालनमा ल्याएको आफ्नो डिजिटल अनलाइन पोर्टल सबल पोस्ट डटकम मार्फत स्थानिय , राष्ट्रिय र अन्तरराष्ट्रिय सत्य तथ्य घटना , सुचना सामाग्री प्रकाशन गर्दै आइरहेको छ ।