नेपाली जनप्रगतिशील मोर्चा क्षत्रीय समिति साउदी जेद्दाको भेला सम्पन्न

प्रकाशित मिति:

नेपाली जनप्रगतिशील मोर्चा क्षत्रीय समिति साउदी जेद्दाको भेला सम्पन्न भेला आज सम्पन्न भएको छ । भेलाको प्रमुख अतिथि चौथो अधिवेशन समिति संयोजक तिर्थ पाख्रिनको उपस्थितिमा भएको थियो भने कार्यक्रममा कैलाश मैनालीको अध्यक्षयता र सन्देश बुढा मगर सचीव र दुई सल्लाहकार सदस्य सहिद पछि दुई सदस्य थाप्ने गरेर नौ सदस्य समिति बिस्तार भएको भेलाको सभा अध्यक्ष दिपेश परियारले जानकारी दिए कार्यक्रमको सञ्चालन कैलाश मैनालीले गर्नु भएको थियो भन्ने प्रमुख अतिथि भक्त तिर्थ पाख्रिले साउदीमा भएका तमाम मजदुरहरुको समयलाई निस्वार्थ भावनाले हेर्ने र पीडितलाई न्याय दिने एक मात्र संगठन नेपाली जनप्रगतिशील मोर्चा भएकोले साउदी अरब लगाएत संसारको जुन सुकै देशमा भएपनि सम्पुर्ण श्रमिक साथीहरुलाई मोर्चामा गोलबदा हुनु आह्वान गर्नुभएको छ ।

नेपालको दलाल राज्य सत्ताले युवाहरुलाई रेमिटेन्सन भित्र्याउने मेसिन सम्झेर बिदेश जानू बाध्य पर्ने र देशमा रोजगारीको कुनै ब्यवस्था नगर्ने वैदेशिक रोजगारीमा रहेका सम्पुर्ण युवाहरु नेपाल फर्केर विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पाटीमा आबद्ध भएर देशलाई स्वाधीन राष्ट्र निर्माण गर्नुपर्ने बेला आको छ भन्दै सम्पुर्ण युवावर्ग नेपाल फर्केर एकपटक देशको लागि देशले मागे बलिदान दिनु तयार हुनुपर्ने बताउदै ९१३००औं अन्तर्राष्ट्रिय मजदुर दिवसको सम्पुर्ण श्रमिक वर्गलाई हार्दिक शुभकामना व्यक्त गर्नु भयो।

बेलाको सभा अध्यक्ष दिपेश परियारले कार्यक्रम समर्पण गर्दैगर्दा साउदी अरबमा हुने सबैखाले समस्यको अन्त्य नहुनुको कारण नेपाल सरकार र नेपाली एमबिसि रहेको बताउदै सरकार र एमबिसिले खेल्नु पर्ने भुमिका र गर्नुपर्ने काम नगरेको कारण नेपाली श्रमिकहरुले समस्य झेल्नुपरेको र पीडित ब्यक्तिहरुले दिएको निवेदनको पुर्ण विचार र अबलोकन गर्नु नसकेकोले पीडित मजदुरहरु पिडा माथि झन पिडा खपेर बस्नुपर्ने बाध्यता भएको जानकारी गर्दै सम्पुर्ण नव निर्वाचित समितिलाई कार्य सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रम समर्पण भएको जानकारी गराउनु भयो।