दुबीचौरको भंगेरी खोलामा गएको पहिरोको कारण सडक अवरुद्ध भई अलपत्र परेकी एक गर्भवती महिलालाई सशस्त्र प्रहरीको टोलीले उद्वार गरी अस्पताल पठाएको छ ।
गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका ७ मेलडाँडा बस्ने करीव २७ वर्षिया रिता कार्की नाम गरेकी ती महिला साउन १७ गते विहान रेसुङ्गा नगरपालिका १३ मा बाटो अवरोध भई अलपत्र परेकी थिईन । वर्षाको कारण त्यसठाउँमा पहिरो खसेर गुल्मी जिल्लाको रिडीबाट तम्घास जाने राजमार्ग अन्तर्गत भंगेरीखोला भन्ने स्थानको सडकखण्ड अवरोध भएको थियो । त्यसठाउँमा माथिबाट पहिरोको लेदो खसेर सडक माथि करीव पाँच फिट लेदो जम्मा भई बाटो अवरोध भएको थियो ।












