बुटवल – लायन्स क्लव अफ बुटवल फुलबारीले आफ्ना सदस्यहरुको नेतृत्व तथा ब्यक्तित्व विकासका लागि क्षमता अभिवृद्धि तथा भाषणकला तालिम दिएको छ । सदस्यहरुको पदिय जिम्मेवारी तथा जिम्मेबारीका आधारमा कसरी बोल्ने भन्ने विषयमा क्लवले तालिम दिएको हो । क्लवका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशन ३२५ बीटुका डिष्ट्रिक चिफ द्वारिकाप्रसाद श्रेष्ठले तालिमको शुभारम्भ गर्दै क्लवका सदस्यहरुलाई नेतृत्व तहमा पुग्नका लागि क्षमता अभिवृद्धि हुन अतिनै आवश्यक पर्ने भएकाले नेतृत्व, ब्यक्तित्व तथा क्षमता अभिवृद्धि तालिम लिनैपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, गोकुल विश्वकर्मा, ज्ञानेन्द्र सिमानगैडा, उपाध्यक्ष रोमनाथ ढकाल, कार्यक्रम संयोजक लक्ष्मण न्यौपाने लगायतले तालिममा सिकेका सीपलाई ब्यवहारमा उतार्नुको विकल्प नभएको बताउनुभयो । क्लवका सचिव नरेन्द्र श्रेष्ठको संचालनमा भएको कार्यक्रममा क्लवका प्रेस सल्लाहकार झविन्द्र देवकोटाले नेतृत्व, ब्यक्तित्व तथा उद्घोषण लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो । तालिममा क्लवका डेढ दर्जनबढी सदस्यहरुको सहभागिता रहेको थियो ।












