नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कंडेलले बर्तमान सरकारले सवैधानीक रुपमा काम नगरेको आरोप लगाउनुभएको छ ।कांंग्रेस सैनामैना नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई आज सम्बोधन गर्दै कंडेलले जनताको हित विपरित अहिलेको सरकार अघि बढेको बताउदै आफनो जिम्मेबारी पुरा नगर्ने तर धेरै कुरा गरेर समय खर्चेको आरोप लगाउनुभएको हो ।स्थानीय सरकारले करको दर बृद्धि गरी जनतालाई दुख दिने काम गरीरहेकोे भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ । पार्टि भित्रकै आन्तरिक कारणले तिनै तहका निर्वाचनमा कांग्रेसले ठुलो हार ब्यहोर्नुपरेको भन्दै कंडेलले विगदमा भएका कमी कमजोरीलाई सुधार गर्दै संगठित गराउन कार्यकर्तालाई आग्रह गर्नेभएको छ ।बर्तमान संरचना अनुसार कांग्रेस संगठित हुन आवश्यक भएको भन्दै यो प्रक्रिया शिघ्र सुरु गरिने कंडेलले बताउनुभएको छ ।
कांग्रेस सैनामैना नगर समितिका सभापति राम प्रसाद अधिकारीको अध्यक्षता, कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कंडेलको प्रमुख आतिथ्यता तथा प्रदेश न.५ सदस्य पुष्पा भुषाल,कांग्रेस रुपन्देही जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कांग्रेस जिल्ला सदस्य गोविन्द लम्साल,क्षेत्र न.२का कोषाध्यक्ष राज बहादुर महाधिवेशन समिति सदस्य इन्द्र बहादुर जेसी, नगर सल्लाहकार लाल प्रसाद पंगेनी लगायतले बोल्नुभएको थियो ।नगर समितिका उपसभापति गुरु पराजुलीको स्वागत तथा सचिब टेक बहादुर रेश्मीको सञ्चालनमा सम्पन्न भएको हो ।












