सर्वोच्चका नवनियुक्त न्यायाधीश मनोजकुमार शर्माविरुद्ध परेको रिट खारेज

प्रकाशित मिति:

काठमाडौं  – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश मनोजकुमार शर्माविरुद्ध परेको रिट खारेज भएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केशीले निवेदकको माग दाबी नपुग्ने भन्दै रिट खारेज हुने फैसला गर्नु भएको हो ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चमा न्यायाधीश बन्नका लागि आवश्यक पर्ने योग्यता शर्मासँग नभएको दाबी गर्दै शर्मालाई न्यायाधीशमा सिफारिस गर्ने प्रधानन्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष चोलेन्द्र शमशेर राणासहितलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।