न्यू होराइजनमा भूकम्पमापन यन्त्र जडान

प्रकाशित मिति:

बुटवल-बुटवलको न्यू होराइजन बोर्डिङ स्कूलमा भूकम्प मापन गर्ने यन्त्र सिस्मोमिटर जडान गरिएको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम र स्विजरल्याण्डको लुजान विश्व विद्यालयले एक लाख रुपैयां मूल्य पर्ने सिस्मोमिटर विद्यालयलाई निशुल्क उपलब्ध गराएका हुन् ।

सिस्मोमिटरले एक म्याग्निच्युटको भूकम्प ४० किलोमिटर आसपाससम्म, ४ म्याग्निच्युटको नेपालभर र ८ म्याग्निच्युटसम्मको भूकम्प विश्वभरको मापन गर्न सक्छ । सिस्मोमिटर जडानको उद्घाटन गर्दै स्वीजरल्याण्डमा भूकम्प विज्ञानमा विद्यावारिधी गर्दै गरेका वैज्ञानिक एवं विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमका अध्यक्ष शिव सुवेदीले भूकम्पलाई कसैले रोक्न नसक्ने तर सजगता अपनाए यसको जोखिमबाट बच्न सकिने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भूकम्पको जोखिमबाट बच्न जनचेतना फैलाउन जरुरी रहेको बताए । न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले भूकम्पमापन यन्त्रले दिने जानकारीबारे बुझाउन ४ जना शिक्षक–शिक्षिकालाई तालिम दिइएकोे बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षिका कल्पना कुसुमले गरेकी थिइन् ।