बुटवल -नेपाल तरुण दल क्षेत्र न २ रुपन्देही र तरुण दल बुटवल उपमहानगर समितिले नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन एक रुपैंया संकलन सुरु गरेको छ ।बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउँदा विष्णु पौडेल ठगिएको व्यंग गर्दै नेविसंघ रुपन्देहीले एक रुपैंया सहयोग अभियान चलाएको हो ।
अभियानले संकलन गरेको रकम प्रधानमन्त्री केपि ओली र गृहमन्त्री रामबहादुर थापालाई पठाइने नेपाल तरुण दलले जनाएको छ ।बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपुर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम लेखिएको कालो ब्यानर बोकेर तरुण दलले अभियान चलाएको हो ।बुटवलको ट्राफिकचोकमा बिद्यार्थीहरुले सो बाटो हिड्ने बटुवासँग एक रुपैंयाका दरले उक्त रकम संकलन गरेका हुन् ।












