दीवाकरले भरे दीपिकाको सिउँदो

प्रकाशित मिति:

काठमाडौँ -निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ हिन्दू परम्पराअनुसार बैबाहिक जीवनमा बाँधिएका छन् । मंगलवार सिन्धुलीबाट धनगढी पुगेर निर्देशक भट्टराईले दीपिकाको सिउँदो भरेका हुन् । हुनत, यो जोडीले केही वर्ष अगाडि नै कागजी विवाह गरिसकेका थिए । तर, यसको जानकारी दुई पक्षका परिवारबाहेक कसैलाई थाहा थिएन ।

विवाहको मण्डपबाट दीपिका र दीवाकरको एक तश्बिर बाहिर आएको छ । तश्बिरमा दुईले एकअर्काको हात समातेका छन् । दुलहा(दुलहीको पहिरनमा दुबैलाई निकै सुन्दर देखिएको छ । दुबै निकै खुसी पनि देखिएका छन् । विवाह समारोहमा दुई पक्षका आफन्तहरुको बाक्लो उपस्थिति थियो । फिल्मकर्मीहरु भने खासै उपस्थिति थिएनन् ।
केही दिनमा यो जोडीले राजधानीमा ग्रान्ड रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ । फिल्म ुऐश्वर्यु को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । फिल्मका निर्देशक थिए दीवाकर । यो फिल्म दीपिकाको डेब्यू होे । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले अदालतमा गएर कागजी विवाह गरेका थिए । भने, गएको फागुनमा दुईले इन्गेजमेन्ट गरेका थिए । दीवाकर लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक हुन् ।

ऐश्वर्यु सँगै उनले ुस्टुपिड मनु, ुक्याप्टेनु फिल्म निर्देशन गरिसकेका छन् । उनी चाँडै एक लभस्टोरी फिल्ममा आफ्नी श्रीमतीको जोडी अभिनेता आर्यन सिग्देलसँँग बाँध्दैछन् । दीपिका अहिले फिल्म ुहेल्लो जिन्दगीु मा व्यस्त छिन् । उनले ुछक्का पञ्जा ३ु मा पनि काम गरेकी छन् ।