काठमाडौँ -नेपालमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’ नाम सापटी लिएर तेस्रो पटक फिल्म निर्माण हुने भएको छ । यो नाममा हीरासिंह खत्रीले वि।सं। २०२० मा फिल्म बनाएका थिए । यसपछि २०५१ सालमा रेसराज आचार्यले पनि ‘आमा’ नाममा फिल्म बनाए । अब तेस्रो पटक ुपशुपति प्रसादु फेम्ड निर्देशक दीपेन्द्र के। खनालले ‘आमा’ बनाउन लागेका हुन् ।
यस फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मको छायांकन निर्देशक खनाल आफैंले गर्दैछन् । कथा पनि उनकै हो । यसअघि उनले फिल्म ुधनपतिु पनि आफैंले खिचेका थिए । ‘आमा’ ले एक आमा र छोरीको सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । काठमाडौं र रामेछापमा छायांकन हुने फिल्मको सह(निर्मातामा सन्तोष अधिकारी छन् । फिल्मको टाइटल क्यारेक्टरमा सुर्यमाला खनाल रहनेछिन् । हालै उनले फिल्म ुक्याप्टेनु मा अभिनेता अनमोल केसीको आमाको भूमिका निभाएकी थिइन् । ‘आमा’ मा छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त अनुबन्ध भएकी छन् । भुपेन्द्र खड्काले फिल्मको गीत लेखेका छन्
देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहने फिल्मको छायांकन असार दोस्रो हप्ताबाट सुरु हुँदैछ । प्रदर्शन मिति आउँदो फागुन ९ गतेलाई तय गरिएको छ । निर्देशक खनालले दर्शक र समीक्षक दुबैलाई मनपर्ने फिल्म बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले यसअघि बनेका ‘आमा’ भन्दा फरक कथामा फिल्म बन्ने बताए ।













