कपिलवस्तु – तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ । लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । ट्रक चालक एकबहादुर अधिकारी क्षेत्री र ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सिरहामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो । मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस












